मोरङ । मोरङमा सावारी साधन दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।  पथरीशनिश्चरे नगरपालिका-२ स्वागत टोलमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको मृत्यु भएको हो।

आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो।

यसैगरी मोरङ, विराटनगर महागनरपालिका-३ स्थित सडकमा ढाँटबाट कन्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सप्तरी घर भएका २४ वर्षीय अरबिन यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *