काठमाडौं । हाल मधेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति संखुवासभा, सिन्धुपाल्चोक र कास्कीमा ठूलो पानी परेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, वाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति पनि कोशी, वाग्मती र गण्डकीका केही र अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, वाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।