काठमाडौं । सोमबार साँझ पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ।

सडक विभागको जेसीबीले लेदो पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सोमबार साँझ १७ः१० बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्केमा सडक माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको थियो।

अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको सडक पहिरो पन्छाएपछि एकतर्फी खुलेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *