तीनधारे झरना : रोशी गाउँपालिकाको प्राकृतिक पर्यटकीय गन्तव्य

रोशी गाउँपालिका प्राकृतिक सौन्दर्य, हरियाली डाँडाकाँडा र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्रका रूपमा चिनिन्छ। काभ्रेपलाञ्चोक जिल्लाको यस गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय सम्भावनाहरूमध्ये तीनधारे झरना विशेष आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय स्थानीय तथा आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गन्तव्यका रूपमा यो झरना विस्तारै परिचित हुँदै गएको छ। तीनधारे झरना नाम जस्तै तीन वटा धाराबाट झर्ने पानीका कारण […]

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काभ्रे।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले स्थानीय युवालाई लक्षित गर्दै निःशुल्क लोकसेवा आयोग तयारी विशेष कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको उक्त कक्षा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको सहायकस्तर तहको पाठ्यक्रममा आधारित रहने गाउँपालिकाले जनाएको छ। लोकसेवा क्षेत्रमा भविष्य बनाउन चाहने योग्य तथा इच्छुक नागरिकलाई प्रतिस्पर्धात्मक परीक्षामा सक्षम बनाउने […]

रोशी गाउँपालिकाद्वारा इजाजतपत्र प्राप्त हतियार नजिकको प्रहरी इकाइमा बुझाउन अपिल

काभ्रेपलाञ्चोक । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गर्न रोशी गाउँपालिकाले पालिकाबासीहरूलाई महत्वपूर्ण अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकको अत्यन्त जरुरी सूचनालाई शेयर गर्दै गाउँपालिकाले इजाजतपत्र प्राप्त हतियार भएका व्यक्तिहरूलाई नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरेको हो। सूचनाअनुसार इजाजतपत्र प्राप्त हतियारहरू निर्वाचन सम्पन्न भएको एक महिना (२०८२ चैत […]

हाइवे अपडेट: बीपी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । सोमबार साँझ पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ। सडक विभागको जेसीबीले लेदो पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। सोमबार साँझ १७ः१० बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्केमा सडक माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको थियो। अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको सडक पहिरो पन्छाएपछि एकतर्फी […]