काभ्रेपलाञ्चोक । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गर्न रोशी गाउँपालिकाले पालिकाबासीहरूलाई महत्वपूर्ण अपिल गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकको अत्यन्त जरुरी सूचनालाई शेयर गर्दै गाउँपालिकाले इजाजतपत्र प्राप्त हतियार भएका व्यक्तिहरूलाई नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरेको हो। सूचनाअनुसार इजाजतपत्र प्राप्त हतियारहरू निर्वाचन सम्पन्न भएको एक महिना (२०८२ चैत २० गते) पश्चात् मात्र फिर्ता लिन सकिने व्यवस्था गरिएको छ।

निर्धारित मितिभित्र हतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ। यस अपिलले निर्वाचन अवधिमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम राख्न सहयोग पुग्ने रोशी गाउँपालिकाले विश्वास लिएको छ।

गाउँपालिकाले सबै पालिकाबासीलाई कानुनको पालना गर्न, शान्ति सुरक्षामा सहयोग गर्न र लोकतान्त्रिक अभ्यासलाई सफल बनाउनजिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *