गुल्मी । कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडक माथिबाट ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिए।
उनले अवरुद्ध सडक खुलाउनका लागि एक्साभेटर प्रयोग गरिएको र सडक माथिबाट ढुङगाहरु खसिराखेका कारण सडक खुलाउन समस्या हुने बताए । सडक खुलाउन समय लाग्ने भएकाले साना सवारीहरुले हर्मिचौरमाथि देउराली अर्वेनीकोट हुँदै झर्न थालेका छन् । सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवल जाने सवारीहरु अलपत्र परेका छन् । यसका साथै हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने यात्रुहरु पनि अलपत्र परेका छन् । हरेक वर्ष उक्त स्थानमा पहिरो खसेर समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *