वर्षाले सिन्धुपाल्चोकको लिपिङ बजारमा क्षति, लिपिङदेखि सिम्ले बस्ती सम्ममा सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोक। मंगलबार राति परेको वर्षाका कारण जिल्लाको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत लिपिङ बजार क्षेत्रमा क्षति भएको छ । पहाडबाट खसेको ढुंगाले स्थानीय तीन घरमा क्षति पु¥याएको इलाका प्रहरी कोदारीले स्थनीय सरकारलाई जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय सुनिता श्रेष्ठको एक तले जस्ताले बनेको घर पूर्ण रूपमा भत्किएको छ भने पदम श्रेष्ठ र फूलमाया तामाङको घरको […]
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेख। नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य […]
बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

काठमाडौँ। बाढी–पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरु अवरुद्ध भएका छन्।लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ। अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरोध भएको छ। अस्थायी प्रहरी पोष्ट […]
ठेकेदार खोजीरहेको धुलिखेल–खावा सडकखण्ड, तीन बर्षदेखी अलपत्र

काठमाडौँ। धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलकोबीच यात्रुले सास्ती भोगरिहेका छन् । करिब तीन वर्षअघि सुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो । भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपियाँको ठेक्कामा सम्झौता […]
किसानले तरकारी मूल्य पाउनै छोडे

काठमाडौँ । पछिल्लो समय उत्पादन बढी हुँदा तरकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ ।अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए । कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आउनुभएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य […]
वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

काठमाडौँ। वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा […]
स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उनले स्मरण गरे । ‘महानगरपालिकाको संख्या १० बनाउने, उपमहानगरपालिका १५ बनाउने, नगरपालिकाको संख्या २२५ […]
आज कोशी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौँ। आज कोशी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]
वर्षासँगै यी सडकखण्ड भए अवरुद्ध ?

काठमाडौँ । वर्षासँगै विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार ललितपुरमा पहिरोका कारण आश्राङदेखि गिम्दी जाने सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । यसैगरी धनकुटामा रवि राके -भेडेटार सडक, खोटाङमा दिक्तेल–गाइघाट सडक खण्ड र मकवानपुरमा कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध बनेको छ। यस्तै सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ […]
कोशी प्रदेशमा चट्याङ लागेर चार जना घाइते

झापा। बुधबार साँझ वर्षासँगै परेको चट्याङले झापा र धनकुटामा चारजना घाइते भएका छन् भने तीनवटा चौपाया मरेका छन्। साँझ ६:१० बजे झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका हुन्। उनको दुवै आँखा र दाहिने हातमा चोट लागेको छ र उपचारका लागि […]