वर्षासँगै यी सडकखण्ड भए अवरुद्ध ?

  • प्रकाशित मिति : June 15, 2025
  • sthaniyasarkar.com

काठमाडौँ । वर्षासँगै विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार ललितपुरमा पहिरोका कारण आश्राङदेखि गिम्दी जाने सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।

यसैगरी धनकुटामा रवि राके -भेडेटार सडक, खोटाङमा दिक्तेल–गाइघाट सडक खण्ड र मकवानपुरमा कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध बनेको छ।



यस्तै सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।