तेह्रथुममा आगलागी सातलाख बराबरको क्षति

  • प्रकाशित मिति : June 24, 2021
  • sthaniyasarkar.com

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका वडान ७ थाेक्लुङमा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।

दिउँसो भएको आगलागिबाट साविक थाेक्लुङ ८ कर्कले बस्ने तिलबहादुर बल तामाङकाे घर जलेर नष्ट भएको हाे । बच्चा हरुले खेल्ने क्रममा गाेठमा आगाे सल्किएकाे थियाे । गाेठबाट फैलिएको अागाेले घर जलेर पुर्ण रुपमा नष्ट भएको चुहानडाँडा प्रहरी चाैकि प्रमुख धनबहादुर बस्नेतले बताउनुभएकाे छ । ।

स्थानीय बासिकाे सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट तिनतले फुसकाे छानाेभएकाे घर , गाेठ,अन्न,लत्ताकपडा लगायत सामान जल्दा करिब साडे ७ लाख बराबरको क्षेति भएको छ ।