बाग्लुङमा आगोलागी :२०लाख बराबरकाे क्षति २ जना घाइते

  • प्रकाशित मिति : April 11, 2021
  • sthaniyasarkar.com

काठमाडाैँः बाग्लुङ नगरपालिका-३ गुठीमा रहेको एक फर्निचर भएका आगोलागीमा परी दुईजना घाइते भएका छन्।आगलागीमा सिर्जना फर्निचरका सञ्चालक बागलुङ–१३ बलेवार्का ३३ वर्षीय विराज केशप हरिजन र गुठीका ६४ वर्षीय डम्मरबहादुर कार्की घाइते भएका छन ।

दुवैजनाको बाहिरी चोट केही नरहे पनि धुवाले सास फेर्ने गाह्रो भएको धौलागिरि अस्पतालका चिकित्सकहरुले बताएका छन्। उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

आगोलागीकाे कारणले २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगालागी भएको फर्निचर साेरूमबाट १८ लाख बराबरकाे फर्निचर र  नजिकै रहेको डम्बरबहादुर कार्कीको  घरमा सामान्य क्षति हुदाँ २ लाख बराबरकाे क्षति  भएको  प्रहरीले जनाएको छ।

फर्निचरमा शनिबार राति २ बजे लागेको आगो आइतबार बिहान ८ बजे नियन्त्रणमा आएको हो। आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र बाग्लुङ, पर्वत र म्याग्दीका तीनवटा दमकल प्रयोग भएका थिए।