पुनर्गठन भएको मन्त्रीमण्डलमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने शेरबहादुर तामाङ पहिलो मन्त्री

  • प्रकाशित मिति : June 7, 2021
  • sthaniyasarkar.com
शेरबहादुर तामाङ

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन।

उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलेको छैन । ‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।