मन्त्रिपरिषद् विस्तारकालागी तीन दलका शीर्ष नेता बीच बैठक

  • प्रकाशित मिति : August 3, 2021
  • sthaniyasarkar.com

काठमाडौं – सोमबार बालुवाटार बैठकमा बसेका सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा केही दिनभित्रै साझा न्यूनतम कार्यक्रम ल्याउने सहमति गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नेपाल सरकारको साझा न्यूनतम कार्यक्रम ल्याएर मन्त्रिपरिषद विस्तार गर्ने सहमतिमा पुगेका छन् ।

पहिले साझा न्यूनतम कार्यक्रम तयार गर्ने र त्यसलाई सार्वजनिक गर्ने अनी त्यसपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति गरेका छन्।शीर्ष तीन नेताहरूका बीच मन्त्रालय बाँडफाँडका विषयमा पनि कुराकानी भएको र कुन दलले कति मन्त्रालय साथै कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल भएको बताएका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् त्तकालीन प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका खुलासा रहेको छ।