एमाले पार्टीको केन्द्रिय कार्यलय सचिवको जिम्मा शेरबहादुर तामाङलाई

  • प्रकाशित मिति : April 23, 2021
  • sthaniyasarkar.com
शेरबहादुर तामाङ

काठमाडौ : नेकपा एमाले पार्टीको केन्द्रिय कार्यलय सचिवको जिम्मा शेरबहादुर तामाङलाई दिएको छ।

प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको हो। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङ सचिव बनेका हुन् ।

तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।