निषेधाज्ञा थप जेठ २४ गतेसम्म लम्ब्याउने

  • प्रकाशित मिति : May 30, 2021
  • sthaniyasarkar.com

काठमाडौ : जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ। चौथो पटक थपिएको निषेधाज्ञाको समय भोलि सोमबार राती १२ बजेसम्म रहेकोमा पुनः एक साता थप गरिएको हो ।

कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि लागु निषेधाज्ञा लगाएको थियो ।

झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सवैभन्दा धेरै भएका जिल्ला हुन् ।