शिक्षा तथा प्रविधि क्षेत्रमा बढ्यो बजेट, ड्रप आउट समस्या हटाउन ८ अर्ब

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौँ : सरकारले आर्थिक वर्ष २०७८÷७९ मा शिक्षा तथा प्रविधि क्षेत्रमा झण्डै २ खर्बको बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटभन्दा ९ अर्बले बढीले विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

साथै, सरकारले विद्यार्थीले विद्यालय छाड्ने समस्या हटाउन ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ड्रप आउट समस्या हटाउन ८ अर्ब बजेट विनियोजन गरेको बताएका हुन् । यसबाट ३५ लाख विद्यार्थी लाभान्वित हुने उनको भनाई छ । यसका लागि खाजा वितरण गरिने तयारी छ ।