बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौ : गुल्मीको रुरू गाउँपालिका २ रुद्रवेणीका एक युवक १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

जेठ ११ गते  बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

यता रुपन्देहीमा  पनि एक पुरुष  ४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गरेको आरोप उनलाई पक्राउ गरि अनुसन्धान थालिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।