नाबालिका करणी गरेको आरोपमा जनकपुरमा वृद्ध पक्राउ

  • प्रकाशित मिति : June 16, 2021
  • sthaniyasarkar.com

काठमाडौ : जनकपुरमा बालिका बलत्कार गरेको आरोपमा ५० वर्षीय छेदु मण्डल पक्राउ परेका हुन् । जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही स्थानका मण्डललाई पक्राउ गरेको हो।

बालिकालाई बलात्कार गरेको भनी दिइएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । मण्डलले बालिकालाई खेलाउन घरमा लगिएको मौका छोपी आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको पीडित बालिकाका परिवारले आरोप लगाएका छन् ।