बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

  • प्रकाशित मिति : September 10, 2021
  • sthaniyasarkar.com

काठमाडौ : पोखरामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरिएको छ ।

पोखरा महानगरपालिका-३२ खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो