बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

  • प्रकाशित मिति : June 15, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नुवाकोटको शिवपुरी गाउँपालिका-१ मा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही गाउँपालिकाको खत्रीगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।