काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा थप

  • प्रकाशित मिति : May 25, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौं उपत्यकामा थप एकसाता सम्म निषेधाज्ञा थप गरिएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसबारे निर्णय लिएकाहुन।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

उपत्यकामा गएको वैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा छ । जारी निषेधाज्ञा यही जेठ १३ गते सकिँदै छ । भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।