काठमाडौ : काठमाण्डू जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी निषेधाज्ञा थपिन सक्ने संकेत गरेका छन। उनले भने सङ्क्रमण घटिसकेको छैन त्यसकारण अहिलेलाई एक हप्ता थप्नुपर्छ कि भन्ने छ। भोलि हामी बसेर के गर्ने भन्ने बारे छलफल गर्छौँ।
काठमाण्डू उपत्यकामा जारी निषेधाज्ञा अझै कम्तीमा एक हप्ता थप गर्ने विषयमा छलफल गर्न लागेको जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जनाएको छ। कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको अवधि पटकपटक थप गरी जेठ १३ गतेसम्म कायम गरिएको छ।