आठराई गाउँपालिका अध्यक्षसहित सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : May 19, 2021
  • sthaniyasarkar.com

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका अध्यक्षसहित सबै कर्मचारीमा जेठ १ गते गरिएको कोरोना परिक्षणको नतिजा पोजेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै लक्षण भने नदेखिएको पाकिलाका अध्यक्ष विष्णु बिक्रम लिम्बूले बताएका छन । जेठ १ गते परीक्षणको लागि दिइएको स्वावको रिपोर्ट मंगलबार आएको थियो ।

स्थानीय प्रशासनले उचित ध्यान नदिँदा आठराई गाउँपालिकामा कोरोना भाइरसको लहर भयावह स्थितीमा पुगेको छ । गाउँपालिका प्रमुख र प्रशासनका कर्मचारी सबै संक्रमीत हुदा सबै सेवासमेत प्रभावित हुनपुगेको छ।