दाङ, चैत २० । दाङ घोराही-लमही सडक खण्डमा ५ दिनका लागि हेभी सवारी सधान चलाउन रोक लगाइएको छ। यस सडक खण्डको विभिन्न ठाउँमा सडक जिर्ण बनेको र त्यसको मर्मत गर्नु पर्ने भएकाले यही चैत २२ गते देखि २६ गते साँझसम्म पूर्ण रुपमा हेभी सवारी साधन संचालनमा रोक लगाइएको हो ।
जिल्ला प्रशान कार्यालय दाङले सूचना जारी गर्दै हेभी सवारी साधान बस, ट्रक टिपर, ट्रली संचालनमा रोक लगाइएको जानकारी दिएको छ। तर स्कारपियो, हायस लगायत साना सवारी सधान भने संचलन हुने प्रमुख जिल्ला अधिकारी दीर्घ नारायन पौडेलले बताउनुभयो। यससँगै हेभी सवारी सधानले अब ५ दिन बैकल्पिक सडकको रुपमा तुलसीपुर-अमेलिया सडक खण्ड प्रयोग गर्नु पर्ने भएको छ।