धनुषा जिल्लाकाे बटेश्वर गाउँपालिकाबाट बलात्कार आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
होली खेल्ने बहानामा बटेश्वर ४ स्थित छिमेकी एक १७ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा लटु साहको छोरा वर्ष ३० को विरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार बिहान पक्राउ गरिएको हो । बालिकाका आफन्तले मंगलबार बिहान प्रहरीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सोमबार दिउँसो साहले होली खेल्न बहानामा आफ्नै घरमा लगेर बलात्कार गरेको बालिकाले बताएकी छन् । बलात्कार आरोपमा पक्राउ परेका साहमाथि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।