पथरी शनिस्चरे नगरपालिका वडा नम्बर आठले कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि स्थानीय कृषकलाई खाद्यवालीको बिउबिजनमा अनुदान दिने भएको छ।
वार्ड कार्यलयले सुचना प्रकाशित गरि आ. व. ०७७/०७८ को विनियोजित बजेट रु १००,००० बराबरको चैते धान र मकै को उन्नत जातको बीउ ५०% अनुदान मा उपलब्ध गराइने जानकारी दिएको छ।
उक्त अनुदान मा बीउ प्राप्त गर्न कृषक तथा वार्ड नम्बर ८ भित्रका कृषि समूह लाई ०७७/१०/२५ गते भित्र वार्ड कार्यलयमा निवेदन दिइनुपर्ने सुचना मा उल्लेखित गरिएको छ।
‘हामिले परम्परागत बिउबिजन लाई प्रतिस्थापन गरि आधुनिक बीउ कृषक लाई उपलब्ध गराइ कृषि उत्पादन वृद्धि मा जोड दिने नीति अवलम्बन गरेका छौ।’ स्थानीय सरकार संग कुरा गर्दै वार्ड अध्यक्ष बाबुराम दाहाल ले बताएका छन । अध्यक्ष दाहाल भन्छन् ‘ हाम्रो वार्ड विशेषगरी कृषि उत्पादनको प्रचुर संभावना रहेको वार्ड हो,यहाँ विशेषत स्व उपभोग को उत्पादन लाई परिवर्तन गरि व्यावसायिक उत्पादन मा जोड दिने हेतु ले हामिले सुरुवाती आर्थिक बर्ष बाटै कृषि अनुदान कार्यक्रम संचालन गर्दै आएका छौ। हाम्रो लक्ष्य व्यावसायिक कृषि उत्पादन लाई प्रोत्साहन नै हो, आगामी दिन मा कृषक को चाहना र समस्या बुझेर थप कृषक संग समन्वय गरि थप अनुदान को प्याकेज जानता माझ प्रस्तुत गर्ने छौ।’