शिक्षा मन्त्रालयको जिम्मा अब रघुजी पन्तलाई, शपथग्रहण भोलि

काठमाडौँ । रघुजी पन्त नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन्। शपथग्रहण कार्यक्रम बिहीबार तय गरिएको छ, तर समय खुलाइएको छैन। पन्त नेकपा एमाले का समानुपातिक सांसद हुन्। लामो समयदेखि राजनीतिमा सक्रिय उनले विभिन्न जिम्मेवारी सम्हालेका छन्।

पूर्व राजालाई प्रधानमन्त्रीको प्रश्न- ५८ सालमा लगेको टेलिकमको तार खोई ?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग विद्युतको तार फिर्ता माग्नुभएको छ । नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ०५८ सालमा लगेको तार फिर्ता गर्न भन्नुभएको हो । एमाले अध्यक्षसमेत रहनुभएका ओलीले ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका बेला सञ्चार माध्यममाथि प्रतिवन्ध लगाइएको स्मरण गर्दै सोध्नुभयो, ‘अहिले प्रेसवालाहरु के भन्छन् कुन्नी, म […]

सत्ताधारी संयन्त्र बैठकको निष्कर्ष- सरकारमा कुनै समस्या छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीको खारेज गरेका छन् । सत्ताधारी उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकारमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए । ‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं ।’ गभर्नरबारे सिफारिसबारे समितिले प्रक्रिया […]

प्रधानमन्त्री ओलीको आब्हनमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक […]

गठबन्धनमा गडबडीको हल्ला चलेपछि प्रधानमन्त्री ओलीले भेटे देउवा

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा भएको भेटमा सरकारको काम कारबाही बारेमा समीक्षा गर्दै दुई दलीय संयन्त्रको बैठक राख्ने निष्कर्ष निकालिएको छ । पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने संकेत गर्दै कांग्रेसको नेतृत्वमा सरकार बन्नु […]