काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीको खारेज गरेका छन् ।
सत्ताधारी उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकारमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए ।
‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं ।’ गभर्नरबारे सिफारिसबारे समितिले प्रक्रिया अघि बढेर छिट्टै टुंग्याउने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *