आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं।मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो। तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन। आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ। सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त […]

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय मुद्दालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। काठमाडौंको सोल्टी होटेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले संवादको शुभारम्भ गर्ने भएका हुन्। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार, कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट भइरहेको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने प्रमुख नाराका साथ सुरु […]

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए प्रधानमन्त्रीसमक्ष शपथ

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए। प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राष्ट्रपति […]

सत्तापक्षीय दलको बैठक बालुवाटार सुरु, सरकारको आलोचक गगन थापा आज पनि गएनन्

काठमाडौँ।सत्तापक्षीय दलको बैठक बालुवाटारमा बसिरहेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो। सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल […]

किन बोलाए प्रधानमन्त्रीले सत्ताधारी दलको बैठक?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ । बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ । आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । मङ्गलवार पनि वार्ता भएको थियो । तर […]

शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता शुरु

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता शुरु भएको छ । शिक्षा मन्त्रालयमा शुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन् । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले  ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको […]

देउवा र प्रचण्ड नआउने भएपछि संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौं‍। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षे अधिवेशनको पहिलो दिन शुक्रबारको संसद् बैठकमा सम्बोधन नगर्ने भएका छन् । उनले संसद्को पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो । संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको एमाले […]

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले शितलनिवासमा सपथ ग्रहण गरेका छन्(फोटो)

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् । विद्या भट्टराईले  शिक्षामन्त्रीबाट  राजीनामा दिएपछि एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त […]

शिक्षामन्त्री पन्तको आज शपथग्रहण

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। उनले आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा शपथ ग्रहण गर्ने छन्। शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका थिए। शिक्षा ऐन जारी […]