काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय मुद्दालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। काठमाडौंको सोल्टी होटेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले संवादको शुभारम्भ गर्ने भएका हुन्।

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार, कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट भइरहेको छ।

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने प्रमुख नाराका साथ सुरु भएको यो संवाद कार्यक्रम जेठ ४ गतेसम्म चल्नेछ।

परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले दिएको जानकारी अनुसार, सम्मेलनमा १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित एक सय ७५ विदेशी पाहुना र लगभग त्यति नै संख्यामा नेपाली सहभागी हुनेछन्।

चीन, भारतलगायत विभिन्न मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्यको आगमन जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *