काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।
बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ ।
आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
मङ्गलवार पनि वार्ता भएको थियो । तर सहमति जुट्न सकेन । सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन् ।