गठबन्धनमा गडबडीको हल्ला चलेपछि प्रधानमन्त्री ओलीले भेटे देउवा

  • प्रकाशित मिति : April 15, 2025
  • sthaniyasarkar.com

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा भएको भेटमा सरकारको काम कारबाही बारेमा समीक्षा गर्दै दुई दलीय संयन्त्रको बैठक राख्ने निष्कर्ष निकालिएको छ ।
पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने संकेत गर्दै कांग्रेसको नेतृत्वमा सरकार बन्नु उपयुक्त रहेको अभिव्यक्ति दिएका थिए ।