सोलुखुम्बुका ४२ घरधुरीमा पहिलोपटक बिजुली, २५ दिनको श्रमदानले सम्भव भयो ऐतिहासिक उपलब्धि

सोलुखुम्बु। नेचासल्यान गाउँपालिकाका वडा नं. ३ र ४ अन्तर्गत पर्ने पहेले, भदौरे, लखने र टारी क्षेत्रका ४२ घरधुरीमा अब केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ। वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आएका स्थानीय बासिन्दाका लागि यो उपलब्धि केवल बिजुलीको विस्तार मात्र नभई सामूहिक प्रयास, एकता र साहसको प्रेरणादायी उदाहरण बनेको छ। स्थानीय बासिन्दाको करिब २५ दिनको […]

सोलु हाइड्रोको आईपीओमा नेचासल्यानलाई नसमेटिएको भन्दै जिल्लै आक्रोशीत, काठमाडौँ–सोलु दुवै स्थानमा विरोध तीव्र

सोलुखुम्बु । सोलु हाइड्रोपावर लिमिटेडले लोवर सोलु जलविद्युत् आयोजना (८२ मेगावाट) का लागि कार्तिक २७ गते प्रकाशित गरेको आईपीओ निष्कासन सूचनाप्रति नेचासल्यान गाउँपालिकाबासी आक्रोशित बनेका छन्। सूचनामा प्रभावित तथा अति प्रभावित क्षेत्रमा नेचासल्यानको कुनै पनि भू–भाग समावेश नगरिएको भन्दै स्थानीयवासी र नेचासल्यान गाउँपालिकाले गम्भीर आपत्ति सार्वजनिक गरेका हुन्। सूचना सार्वजनिक भएपछि नेचासल्यानका स्थानीय सरोकारवालाहरू सोलुखुम्बु […]

नेचासल्यान गाउँपालिकामा निःशुल्क पशु खोप अभियान

सोलुखुम्बु। नेचासल्यान गाउँपालिकामा गाई–भैंसीमा ‘खोरेत’ रोग नियन्त्रणका लागि निःशुल्क खोप कार्यक्रम सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सोलुखुम्बु र नेचासल्यान गाउँपालिका पशु सेवा शाखा खोरेत रोग नियन्त्रणका लागि निःशुल्क खोप कार्यक्रम कात्तिक २३ गतेदेखि मंसिर १२ गतेसम्म नेचासल्यान गाउँपालिकाका सबै वडामा गाई–भैंसीमा फैलिँदै गएको खोरेत रोग नियन्त्रण गरी पशु स्वास्थ्य सुधार र किसानको आय वृद्धि […]

नेचासल्यान गाउँपालिकामा सेवा भोलीदेखि पुनः सुचारु

नेचासल्यान (सोलुखुम्बु) । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुद्वारा जारी गरिएको कर्फ्यू आदेशका कारण केही समयदेखि स्थगित रहेका सेवा प्रवाहहरू पुनः सुचारु हुने भएका छन्। नेचासल्यान गाउँपालिकाले एक सूचना जारी गर्दै २०८२ भदौ २९ गतेदेखि कार्यालय, अन्तर्गतका शाखा कार्यालयहरू र शैक्षिक संस्थाहरूबाट सेवा प्रवाह नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो। यसअघि जिल्ला प्रशासन कार्यालयको कर्फ्यू आदेशको पालना […]

नेचासल्यान गाउँपालिकाद्वारा विभिन्न पदमा करार सेवाका लागि आवेदन खुला, ९ जनाको माग

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सोलुखुम्बुले विभिन्न पदहरूमा करार सेवामा जनशक्ति आवश्यक परेको भन्दै सूचना प्रकाशित गरेको छ। साउन ११ गते प्रकाशित सूचनामा स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा ९ जना जनशक्तिको माग गरिएको हो। गाउँपालिकाले स्थानीय तहमा आवश्यक देखिएको सेवाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न करार सेवामा कर्मचारी भर्ना गर्न लागेको जनाइएको छ। भर्ना प्रक्रियाका लागि […]

नेचामा ५५ लाख लागतमा बन्ने प्रहरी कार्यालय भवनको पूर्वमन्न्री बल बहादुर केसीद्वारा शिलान्यास

 नेचा । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–स्थित नेचा बिहीबारे बजारमा रहेको इलाका प्रहरी कार्यालयको नयाँ भवनको शिलान्यास भएको छ। पुरानो भवन जीर्ण अवस्थामा रहेकाले नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ भवन निर्माण थालिएको हो। आर्थिक वर्ष २०८२/८३ को गाउँपालिकाको ७७ लाख रुपैयाँको बजेटबाट निर्माण सम्पन्न गरिने योजना अनुसार सो भवन ५५ लाख ७६ हजार ४ सय ७७ […]

सहरमा बस्नेलाई नेचासल्यान गाउँपालिकाको शिविरमार्फत प्रशासनिक सेवा

काठमाडौं । कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउॅपालिकाले काठमाडौंमा सोमबारबाट सुरु भएको प्रशासनिक सेवा शिविर आज पनि चलिरहेको छ । पालिकाले काठमाडौंमा बसोबास गर्दै आइरहेको पालिका बासीहरुलाई प्रशासनिक कार्यमा सरल बनाउने उद्देश्यका साथै प्रशासनिक कार्यको लागि जिल्ला तथा पालिका गइरहन पर्ने झन्झट हटाउॅदै काठमाडौं महानगरपालिको सुकेधारा नव दुर्गा पार्टी प्यालेसमा शिविर संचालन गरेको हो । उत्त ३ दिने शिविर बिहान दश बजेदेखि बेलुकि ५ बजेसम्म संचालन भईरहेको छ । […]