काठमाडौं । कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउॅपालिकाले काठमाडौंमा सोमबारबाट सुरु भएको प्रशासनिक सेवा शिविर आज पनि चलिरहेको छ । पालिकाले काठमाडौंमा बसोबास गर्दै आइरहेको पालिका बासीहरुलाई प्रशासनिक कार्यमा सरल बनाउने उद्देश्यका साथै प्रशासनिक कार्यको लागि जिल्ला तथा पालिका गइरहन पर्ने झन्झट हटाउॅदै काठमाडौं महानगरपालिको सुकेधारा नव दुर्गा पार्टी प्यालेसमा शिविर संचालन गरेको हो ।
उत्त ३ दिने शिविर बिहान दश बजेदेखि बेलुकि ५ बजेसम्म संचालन भईरहेको छ ।
शिविरमा राष्ट्रिय परिचयपत्र कार्ड वितरणलगाएत पंजिकरण सम्बन्धि सेवाहरु (जन्म, मृत्यु, विवाह, बसाईसराई तथा सम्बन्ध बिच्छेद दर्ता सेवाहरु प्रदान गरिरहेको छ ।
त्यस्तै, जेष्ठ नागरिक प्रमाणपत्र, वडा कार्यलयबाट सिफारिस हुने कागजपत्र लगाएत सामाजिक सूरक्षा भत्ता दर्ता तथा नविकरण कार्य भइरहेको छ ।
३ दिन सञ्चालन हुने शिविरको दोश्रो दिन सम्म वडा नम्बर १ का ५५, वडा नम्बर २ का ७२ जना, वडा नम्बर ३ का ७८ जना, वडा नम्बर ४ का ५१ जना र वडा नम्बर ५ का ५५ जनाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो । उहॅाको अनुसार जिल्ला प्रशासन कार्यालय सल्लेरी सोलुखुम्बुबाट वितरण हुदै आएको राष्ट्रिय परिचय पत्र कार्डवितरण र पालिका वडा बाट दिइरहेको प्रशासनिक कार्यलाई सहजिकरण गर्ने हेतुले नेचासल्यान गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाण्डौँमा बसोवास गरिरहनुभएका सम्पुर्ण वासिन्दाहरुलाई शिविर संचालन गरेको बताउनुभयो ।
