सोलुखुम्बु। नेचासल्यान गाउँपालिकामा गाई–भैंसीमा ‘खोरेत’ रोग नियन्त्रणका लागि निःशुल्क खोप कार्यक्रम सञ्चालन हुने भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सोलुखुम्बु र नेचासल्यान गाउँपालिका पशु सेवा शाखा खोरेत रोग नियन्त्रणका लागि निःशुल्क खोप कार्यक्रम कात्तिक २३ गतेदेखि मंसिर १२ गतेसम्म नेचासल्यान गाउँपालिकाका सबै वडामा गाई–भैंसीमा फैलिँदै गएको खोरेत रोग नियन्त्रण गरी पशु स्वास्थ्य सुधार र किसानको आय वृद्धि गर्न प्रत्येक वडामा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खोप लगाइने अभियान चलाएको हो।
कार्यक्रम अन्तर्गत कात्तिक २३–२७ गते वडा नं. २ र ४ मा, कात्तिक २८–मंसिर ३ गते वडा नं. १ र ५ मा, र मंसिर ४–१२ गते वडा नं. ३ मा खोप लगाइनेछ।
पशु सेवा प्राविधिक दिनेश ढुंगानाका अनुसार, खोरेत रोग नियन्त्रण गर्न सके दूध उत्पादन वृद्धि हुने र किसानको आर्थिक अवस्था सबल बन्नेछ। गाउँपालिकाले ४ महिना पूरा भएका सबै गाई–भैंसीमा खोप अनिवार्य रूपमा लगाउन पशुपालकलाई आग्रह गरेको छ।