सोलुखुम्बु । नेचासल्यान गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सोलुखुम्बुले विभिन्न पदहरूमा करार सेवामा जनशक्ति आवश्यक परेको भन्दै सूचना प्रकाशित गरेको छ। साउन ११ गते प्रकाशित सूचनामा स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा ९ जना जनशक्तिको माग गरिएको हो।

गाउँपालिकाले स्थानीय तहमा आवश्यक देखिएको सेवाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न करार सेवामा कर्मचारी भर्ना गर्न लागेको जनाइएको छ। भर्ना प्रक्रियाका लागि ७ दिनभित्र कार्यालयमा उपस्थित भई वा इमेलमार्फत् दरखास्त दिन सकिनेछ।

माग गरिएको पद र संख्या:

  1. अवधारण अधिकारी – १ जना

  2. सह-इन्जिनियर – २ जना

  3. अ.न.मी. (ANM) – २ जना

  4. स.अ. (CMA) –  १ जना

  5. स.हे.व. (CHA) – ३ जना

तलव सुविधा:

पदअनुसार न्यूनतम रु. १५,००० देखि अधिकतम रु. २०,००० सम्मको मासिक सेवा सुविधा उपलब्ध गराइने जनाइएको छ।

आवश्यक योग्यता:

आवेदन दिने तरिका:

इच्छुक उम्मेदवारहरूले गाउँपालिकामा स्वयम् उपस्थित भई वा nechasalyan345@gmail.com मा दरखास्त पठाउन सक्नेछन्। फाराम बुझाउने अन्तिम म्याद सूचना प्रकाशित मितिबाट ७ दिनभित्र तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *