आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको […]
धुर्कोट गाउँपालिकाः घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु

धुर्कोट गाउँपालिका । गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए। विकको ढुङ्गा माटोले बनेको एक तल्ले कच्ची घरमा अचानक आगलागी हुँदा मानसिक […]
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ । वितरण केन्द्र […]
एक हप्ता नी टिक्न सकेन कालोपत्रे

सिँजा । कर्णाली राजमार्ग अन्तर्गत जुम्ला ट्राफिक प्रहरी कार्यालयनजिकै गरिएको कालोपत्रे एक हप्तामै उप्किएको छ । सडक डिभिजन कार्यालय जुम्लाले गरेको कालोपत्रे गुणस्तरहिन भएको भन्दै स्थानीयले उप्काएका हुन् । हालै गरिएको कालोपत्रे सडक सतहबाट छुट्टिएर हातैलेसमेत उप्काउन सकिने अवस्थामा पुगेको छ । कार्यालयको अनुगमन र सुपरिवेक्षणमा कमजोरी देखिएको छ । पिरियोडिक (पिचमाथि पिच गर्ने) मर्मतको नाममा खर्चिएको रकमको दुरुपयोग […]
बाजुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा हिमाली गाउँपालिका–५, सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो। बिहीबार बिहान ९ बजे क्युडीदेखि धुलाचौर आउँदै गएको ०३००१ बा. प्र. ०३००१ ज. ०३३८ नम्बरको जिप क्युडी […]
काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ८, बिहीबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, […]
भोजपुरमा आम्दानीको स्रोत बन्दै ‘अकबरे’

भोजपुर । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताइन् […]
यी चार प्रदेशमा भने भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, […]
अर्घाखाँचीमा २० जना कर्मचारी बाँदर र बँदेल हेर्नेमा नियुक्ति

अर्घाखाँची । अर्घाखाँचीमा डिभिजन वन कार्यालयले बाँदर र बँदेल हेरालु नियुक्त गरेको छ । बन्यजन्तुबाट बालीनाली जोगाउन २० जना कर्मचारी नियुक्ति गरिएको हो । जिल्लाभित्र बाँदर प्रभावित क्षेत्रलाई लक्षित गरी पहिलो पटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन श्रेष्ठले बताएका छन् । डिभिजन वन कार्यालयले २० जना हेरालुलाई विशेष […]
कोदारीमा पहिरो जाँदा तातोपानी नाका पूर्णरूपमा अवरुद्ध

बाह्रिबसे । भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका(२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा […]