काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ८, बिहीबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

साथै आज इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम पूर्व र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

बाढी महाशाखाले उल्लिखित २७ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै ती क्षेत्रका खोला/नदी क्षेत्र आसपास रहेका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएको छ।

हेर्नुहोस्, बाढी महाशाखाको सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *