धुर्कोट गाउँपालिका । गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

विकको ढुङ्गा माटोले बनेको एक तल्ले कच्ची घरमा अचानक आगलागी हुँदा मानसिक सन्तुलन ठिक नभएकी छोरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले बताए । आगलागी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएपनि कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *