बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा […]

बुधबार यी नदीमा आकस्मिक बाढीको जोखिम उच्च

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, […]

हाइवे अपडेटः देशभरका आठ राजमार्ग अवरुद्ध

काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड छन् । […]

भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

जाजरकोट । जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठुलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ । जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ । मङ्गलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, […]

भोटेकोशीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सिन्धुपाल्चोक । वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। राजमार्ग अवरुद्ध भएसँगै  सवारी साधनहरू बाटोमै […]

आजको मौसम पूर्वानुमान : थोरै स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही […]

हाइवे अपडेटः वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ ।  मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको […]

सिन्धुपाल्चोकका खोलाहरूमा बहाव बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाका केही क्षेत्रहरूमा पछिल्ला घण्टामा मापन गरिएको वर्षाका आधारमा साना खोलाहरूमा बहाव बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार सोमबार (आज) विहान २स्२० बजे सम्मको पछिल्लो तीन घण्टामा बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घ्याङ, मेलम्ची घ्याङ र भोताङ स्थित वर्षा मापन केन्द्रहरूमा मध्यम वर्षा मापन गरिएको छ। […]

काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई […]

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरे पुल निर्माण पाँच वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न सुनकोशी नदीमा  पक्की पुल निर्माणार्थ सडक विभाग र अमर […]