बजेट ल्याउन नसकेका स्थानीय तहमा सहसचिव नेतृत्वको ३ टोली जादैँ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा […]

काभ्रेसहित ७ जिल्लामा ‘रेड’ र काठमाडौँलगायत ३५ वटामा ‘एल्लो अलर्ट’ जारी

काठमाडाैँ । आज (साउन २०, सोमबार) राजधानी काठमाडौँसहित देशका ४२ जिल्लाका खोला/नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास रहेको छ र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको […]

सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक पुग्यो

इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो । सोमबार राति १० बजेको […]

आज कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती […]

बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरू अवरुद्ध

गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका हुन् । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित […]

यी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ । देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहनेछ। सबै […]

उखु कृषकले बुझाए सरकारलाई ज्ञापनपत्र

बर्दिबास । सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा यहाँका कृषकहरुले प्रशासन कार्यालयमार्फत आइतवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले चालु आर्थिक वर्ष ०८२-८३ को बजेटमा उखुमा दिँदै आएको प्रति क्विन्टल ७० रुपियाँ अनुदान कटौती गरेकोले आन्दोलनरत उखु किसानहरुको देशब्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । पूर्व घोषित कार्यक्रमअनुसार उखु उत्पादक कृषक संघ […]

यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ । तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा २ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । नारायणगढबाट गोर्खा जाँदै गरेको मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि  उद्धारका लागि सशस्त्र प्रहरी […]

आज यी ४७ जिल्लामा बाढीको जोखिम

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन १८, आइतबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका दृष्टिले आज […]

बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

बुटवल । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए […]