कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी […]
धरान उपमहानगरपालिकाः पहिरोले एक घरमा क्षति, १२ घर उच्च जोखिममा

धरान । तीन दिनदेखिको अविरल वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्याएको छ भने १२ भन्दा बढी घरहरू उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्याएको छ। भोटेले भने, ‘राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर […]
आजको मौसम: चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी […]
बाढीले चुमनुब्री गाउँपालिका–७ खुन्ग्युको खोलाको काठे पुल बगायो

सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पारस्थित नाकी खोला र लार खुन्ग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । बुधबारदेखि परेको भिषण बर्षाले तिब्बती क्षेत्रमा रहेको चुमनुब्रीको–७ छेकम्पारको लार गाउँ र फुर्पे गाउँ भएर बग्ने खुन्ग्यु खोलाको दुई वटा पुल बाढीले बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । उहाँका अनुसार काठे पुलको […]
स्याङ्जामा एकै वर्षमा तीन लाख केजीभन्दा बढी मकैको बिउ उत्पादन

स्याङ्जा । स्याङ्जामा एकै आर्थिक वर्षमा तीन लाख छ हजार ४५० केजी मकै बिउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा तथा कृषि स्रोत केन्द्रको सहायतामा प्रदेशमै पहिलो मकैको बिउ उत्पादन गर्ने जिल्ला स्याङ्जा बन्न सफल भएको हो । यहाँका १५ वटा फार्म/कृषक समूह/सहकारीमार्फत दुई हजार २५ रोपनीमा उन्नत र १८ रोपनीमा मूल बिउ […]
बाढी–पहिरोका कारण सात राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण मुलुकका विभिन्न सात स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ । संखुवासभाको भोटेखोला गाउँपालिका–४, वरुणस्थित कोसी राजमार्ग गएको जेठ २ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । रसुवामा पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पहिरोका कारण यही साउन १८ गतेदेखि पूर्ण […]
काठमाडौँसहित यी ३२ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडाैँ । बाढी पूर्वानुमान महाशाखाले आज (साउन २२, बिहीबार) देशका विभिन्न स्थानमा बाढी आउन सक्ने र त्यसले जोखिम निम्त्याउन सक्ने भनी सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। यसबाहेक […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी […]
देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित […]
महाकालीमा जलसतह खतराभन्दा माथि

धनगढी । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर […]