हाइवे अपडेट: कहिले खुल्छ अरनिको राजमार्ग ?

काठमाडौँ । लगातार पहिरोले अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड (इको पहिरो) खुलाउन कम्तीमा अझै १५ दिन लाग्ने भएको छ ।सडक मर्मत गर्दा बस्तीसमेत जोखिममा परेपछि नयाँ प्रविधि अपनाएर काम सुरु गरिने सडक डिभिजन कार्यालय, चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले जानकारी दिएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा साउन १८ गते खसेको पहिरोले करिब […]
बर्खासॅगै नेपाल–चीन व्यापार अस्तव्यस्त

चौतारा, साउन २९ गते । सिन्धुपाल्चोकको तातोपानीमा बर्खा सुरु भएसँगै निरन्तर सडक अवरुद्ध हुँदै आएको छ । साउनको झरीले पहिरो चलेपछि सडक पूर्ण रूपमा ठप्प भएको हो । नेपाल–चीनबिचको उत्तरतर्फको प्रमुख व्यापारिक मार्ग ठप्प हुँदा व्यापारी मारमा परेका छन् । अर्को नाका केरुङ पनि ठप्प नै छ । अरनिको राजमार्गको कोदारी खण्डको इकोमा झरेको विशाल […]
आज यी ४० जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २९, बिहीबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तल नै छ […]
देशैभरि मनसुन सक्रिय

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा तराई आसपास अवस्थित रहँदा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको हो । विभागले देशभर पूर्णतया बदली रहेको र अधिकांश स्थानमा मध्यम वर्षा भएको जानकारी दिएको छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा […]
देशभर मनसुन सक्रिय

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई […]
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली […]
देशभरि ९१ प्रतिशत धान रोपाइँ

काठमाडौं । देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झन्डै ७.१९ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा […]
पहिरोले मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध

खोटाङ । अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सोमबार बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार बिहान ८ बजेर १० मिनेट जाँदा सडकभन्दा करिब सय मिटरमाथिबाट पहिरो झर्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौं तथा […]
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

धरान। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज […]
वैशाखयता दुई हजार बढि विपद्, एक सय १७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन्। ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन्। विपदका घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा […]