बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार राति १२ः०५ बजे काठमाडौं जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

भक्तपुरको रोयल थाईमा बुधबार गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमा

काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरेका हुन् । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल […]

कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई […]

वीरगञ्ज महानगरका पूर्व मेयर प्रदीप सुवेदी राप्रपामा

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका कार्यसम्पादन समिति सदस्य, सांसद दिपकबहादुर सिंहले वीरगञ्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् । लामो समय तत्कालीन राप्रपा नेपालमा सक्रिय सुवेदी पछिल्लो समय पार्टीगत रुपमा निस्क्रिय रहँदै आएका थिए । केन्द्रीय पर्यवेक्षकका रुपमा पर्सामा […]

काभ्रेमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका-५ स्थित केराघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना ७ ख ७२१४ नम्बरको मिनी ट्रकले बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो । सो क्रममा मोटरसाइकल चालक चौरीदेउराली गाउँपालिका -८ बस्ने अन्दाजी ३५ बर्ष रुपेश खरेलको मृत्यु भएको हो । उनको धुलिखेल हस्पिटलमा […]

काठमाडौं–मन्थली आवागमन बन्द

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौंबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए । गत वर्ष पनि सोही स्थानमा […]

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार देशभर साधरणतया बदली रहने जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका विभिन्न स्थानमा आज (आइतबार) पनि वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन […]

चार महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता

काठमाडाैँ । गत वैशाखदेखि साउन मसान्तसम्म देशभर भएका दुई हजार ८५३ वटा विपद्का घटनामा परेर एक सय २६ जनाको निधन भएको छ। यस अवधिमा विपद्का घटनामा पाँच सय ८५ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ। प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका […]

बिगु गाउँपालिका–२ ओराङका १३ घरपरिवार जोखिममा

दोलखा । अविरल वर्षासँगै आएको पहिरोबाट दोलखाको बिगु गाउँपालिका–२ ओराङका १३ घरपरिवार जोखिममा परेका छन् । गए राति परेको अविरल वर्षासँगै आएको पहिरोबाट घरको आँगन बगाएपछि जोखिममा परेका १३ घरका ६३ जनालाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा बस्न नसक्ने अवस्थामा रहेका वडा […]