खोटाङ । अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सोमबार बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार बिहान ८ बजेर १० मिनेट जाँदा सडकभन्दा करिब सय मिटरमाथिबाट पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराई जाने/आउने यातायातका साधन अलपत्र परेका छन् । यसबाहेक हलेसी आउने तीर्थालुसमेत अलपत्र परेको मिश्रले सुनाएका छन् ।

उक्त पहिरोले दाम्ली–डिकुवा सडक पनि अवरुद्ध भएको छ । मध्यपहाडी सडक खुल्न ४–५ घण्टा जति लाग्ने मिश्रले सुनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *