भोटेकोशीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

  • प्रकाशित मिति : July 29, 2025
  • sthaniyasarkar.com

सिन्धुपाल्चोक । वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार साँझ करिब ७ः१० बजे भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। राजमार्ग अवरुद्ध भएसँगै  सवारी साधनहरू बाटोमै रोकिएका छन्।



पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न सडक विभाग र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।