देशभरका चार राजमार्ग अवरुद्ध

काठमाडौँ । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन् । यसैगरी, वर्षाका कारण अवरुद्ध […]
केरुङमा फसेका २०३ नेपालीलाई आज स्वदेश फर्काइँदै

काठमाडाैँ । नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ। बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो। चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले पपराष्ट्रमन्त्री […]
तमोर नदीको बाढीले फक्ताङलुङ गाउँपालिकाको बेलिब्रिज बगायो

ताप्लेजुङ । तमोर नदीको बाढीले पाँच करोड लागतमा निर्मित बेलिब्रिज बगाएको छ। गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने तमोर नदीमाथि बेलिब्रिज बगाएको हो। ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी […]
मितेरी पुलको निर्माण सुरु

काठमाडौँ । गत असार २४ को भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुललगायतका संरचनाको निर्माण सुरु भएको छ । रसुवागढीस्थित ल्हेन्देखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले नेपाल–चीन सीमास्थित मैत्री पुल रहेको ठाउँमा बेलिब्रिज तथा बाढीपहिरोबाट बगेका सडकलगायतका संरचनाको निर्माण कार्य सुरु भइसकेको बताए । उनका अनुसार चीन […]
सडक ढलान हस्तान्तरण नगर्दै भत्काइयो

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीस्थित लोकाहा ओरालोमा सडक ढलान हस्तान्तरण नगर्दै भत्काइयो । गुणस्तर मापदण्डविपरीत सडक ढलान गरेको पुष्टि भएपछि हस्तान्तरण गरेर रकम बुफ्ने बेलामा सडक पूर्ण रूपमा भत्काइएको हो । यो सडक देवचुली र कावासोती नगरपालिका जोड्ने गौरवको आयोजनामा राखिएको चक्रपथ क्षेत्रभित्र पर्छ । १३५ मिटर सडक ढलान गर्नका लागि काठमाडौँको पपुलर कन्स्ट्रक्सन प्रालिले ५० […]
वैशाखयता विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाए

काठमाडौं । गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् । विपद्मा परेर अझै २० जना हराइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाले जानकारी दिएको छ । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ […]
आठराई गाउँपालिकाको मंसारीमा बोलेरो दुर्घटना, नौ घाइते सातको अवस्था गम्भीर

फिदिम । तेह्रथुमको आठराई गाउँपालिका –६ मंसारीमा बलेरो दुर्घट्ना भएको छ । दुर्घट्नामा नौ जना घाइते भएका छन् । इटहरीबाट म्याङलुङ हुँदै पाँचथरको फिदिम आउँदैगरेको मे १ ज २५५२ नम्बरको बलेरो दुर्घटनामा परी घाइते भएका सबैलाई पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारार्थ ल्याइएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी […]
ओखलढुङ्गाको आठ स्थानीय तहका चार हजारभन्दा बढी घर पहिरोको जोखिममा

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको छ । विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ का अनुसार आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ का अनुसार जिल्लामा […]
देशका ५ वटा सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध

काठमाडाैँ । बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको कालीगण्डकी […]
नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी

नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा […]