फिदिम । तेह्रथुमको आठराई गाउँपालिका –६ मंसारीमा बलेरो दुर्घट्ना भएको छ । दुर्घट्नामा नौ जना घाइते भएका छन् । इटहरीबाट म्याङलुङ हुँदै पाँचथरको फिदिम आउँदैगरेको मे १ ज २५५२ नम्बरको बलेरो दुर्घटनामा परी घाइते भएका सबैलाई पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारार्थ ल्याइएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए ।

बाँकी चार जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नाम खुल्न बाँकी छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनास्थल पाँचथर सदरमुकाम फिदिमदेखि २० मिनेट दूरीमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *