जिपको ठक्करबाट कृष्णपुर नगरपालिकामा एक जनाको मृत्यु

कञ्चनपुर । छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । ‘अहिले मृतकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने […]

बाढी र पहिरोका कारण देशका ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । अविरलको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसतै, गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी […]

धनगढी उपमहानगरपालिकामा आगलागी हुदॅा ३ पसलका ८ सटर जले

 धनगढी । कैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति आगलागी भएको हो । हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप लिएको थियो । आगलागीबाट हेलेन सप्लायर्सका चार वटा सटर, परिवर्तन इन्पेक्स (कपडाको होलसेल पसल)का, तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटर गरी जम्मा आठ वटा सटरहरूमा […]

तारकेश्वर नगरपालिकामा महिला मृत फेला

काठमाडौं । काठमाडौँको तारकेश्वरमा एकजना महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।’ घटनास्थलमा मोबाइल पनि भेटिएको छ । […]

चार प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख बाँस बोकेर काठमाडौँको यात्रामा

खोटाङ । बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौँ आउका छन् । सिंहदरबार अगाडि भोक हड्ताल गर्ने घोषणा गर्दै प्रमुख भट्टराई बाँस र बाँसबाट निर्माण भएका सामग्री लिएर आइतबार काठमाडौँ आएका हुन् । नगरप्रमुख भट्टराईले बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको […]

थबाङ गाउँपालिकामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहितकुमार शाहीका अनुसार भान्सा घरमा बसिरहेका घर्तीमगरको पहिरोले घर पुरिँदा मृत्यु भएको बताए । […]

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग छन् । यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बाग्लुङस्थित […]

आज पाँच प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको […]

सुनसरी–मोरङका खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुनसरी । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेष गरी […]