रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहितकुमार शाहीका अनुसार भान्सा घरमा बसिरहेका घर्तीमगरको पहिरोले घर पुरिँदा मृत्यु भएको बताए । घटनास्थलमा अहिले प्रहरी हवल्दारको नेतृत्वमा पाँच जनाको टोली र स्थानीयले उद्धारकार्य जारी राखेका छन्।
घर्तीमगरको परिवार अर्को गोठमा रहेकाले सुरक्षित रहेको प्रहरी प्रवक्ता शाहीले बताउदैँ भने ‘शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा ल्याउने तयारी भएको छ ।’
घटनाको थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *