श्री सत्यनारायण मन्दिरमा लाग्ने जात्राः तेमालको सांस्कृतिक उत्सव

  • प्रकाशित मिति : August 8, 2025
  • sthaniyasarkar.com

तेमाल । काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तेमाल गाउँपालिका धार्मिक, सांस्कृतिक ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । यही तेमालमा रहेको श्रीसत्यनारायण मन्दिर स्थानिय समुदायको आस्थाको केन्द्र हो, जहाँ हरेक वर्ष हजारौँ श्रद्धालुहरू पूजा, दर्शन व्रत गर्नका लागि आउने गर्दछन् ।

श्री सत्यनारायण मन्दिरको स्थापना कहिलेदेखि भयो भन्ने यकिन प्रमाण छैन, तर स्थानिय वृद्धवृद्धाहरूको भनाइ अनुसार यो मन्दिर धेरै पुरानो भएको यसको इतिहास कम्तीमा पनि सयौँ वर्ष पुरानो मानिन्छ । श्री सत्यनारायण मन्दिरको इतिहास उत्पत्तिको कुरा गर्दा, यससँग धार्मिक आस्था, सामाजिक परम्परा स्थानीय विश्वास गहिरो रूपमा गाँसिएको पाइन्छ । यद्यपि नेपालका धेरै मन्दिरहरूको जस्तै, श्री सत्यनारायण मन्दिर, तेमालको सटीक लिखित इतिहास अभिलेखमा नभेटिएपनि, मौखिक परम्परा धार्मिक विश्वासहरूले यसको उत्पत्तिबारे रोचक जानकारी दिन्छन् ।



सत्यनारायण भगवानलाई हिन्दू धर्ममा विष्णु भगवानको एक रूप मानिन्छ। सत्य (सत्यता) नारायण (भगवान विष्णु) को संयोजनबाट बनेको यो नामले नै उहाँको स्वरूप गुण प्रकट गर्छ । सत्यनारायण व्रत पुराणहरूमा वर्णित एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो, जुन सत्य, श्रद्धा भक्ति द्वारा जीवनमा शान्ति, समृद्धि सुखल्याउने विश्वास गरिन्छ ।

यस मन्दिरको स्थापना सत्यनारायण भगवानको भक्तिभावका कारण भएको हो, जसले हिन्दू धर्मअनुसार सत्य धर्मको प्रतीकको रूपमा पूजा गरिन्छ। सत्यनारायणव्रत कथाको महत्त्व धार्मिक ग्रन्थहरूमा व्यापक रूपमा उल्लेख गरिएको

मन्दिरको प्रारम्भिक संरचना परम्परागत काठ ढुंगाबाट बनेको थियो पछि स्थानीय सरकार,  समाज, श्रद्धालुहरू तथा गुठीहरूको सहयोगमा मन्दिरको पुनर्निर्माण, सुदृढीकरण सौन्दर्यीकरण हुँदै गयो। अहिले मन्दिर पारम्परिक नेपाली शैलीमा काठको नक्कासी, ढुंगाको मूर्तिकला धातुको कलात्मक प्रयोग गरिएको भने मन्दिरको छानो तामाले छाइएको

वरिपरि जंगलको बीचमा सत्यनारायण भगवान् मन्दिर अवस्थित आज यो मन्दिर तेमालको एक मुख्य धार्मिक गन्तव्य बनेको छ ।

सत्यनारायण मन्दिरमा विशेष गरी पूर्णिमाका दिनहरूमा विशेष पूजाहरू आयोजना गरिन्छ। प्रत्येक महिनाको पूर्णिमा तिथिमा श्रद्धालुहरूले सत्यनारायण व्रत कथावाचन, पूजा, प्रसाद वितरण, भजनकीर्तन जस्ता कार्यहरू गर्छन् । विशेषतः विवाह, व्रतबन्ध, नयाँ कार्यको शुभारम्भ जस्ता अवसरहरूमा सत्यनारायणको पूजा अनिवार्य झैँ मानिन्छ ।

यस मन्दिरमा वार्षिक रूपमा विशेष मेला पनि लाग्दछ,  प्रत्येक वर्ष विशेष जात्रा आयोजना गरिन्छ, जुन तेमाल क्षेत्रको मात्र होइन, आसपासका गाउँ तथा जिल्लाहरूका लागि पनि अत्यन्तै महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक उत्सव हो । यो जात्राले धार्मिक श्रद्धा मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान स्थानिय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्दछ ।

गाउँपालिकास्थित पोखरी नारायणस्थानमा जनैपूर्णिमाका दिन लाग्ने मेलाले विशेष महत्व बोकेको तेमाल गाउँपालिकाअन्र्तगत पोखरी नारायणस्थानमा हरेक वर्षको जनैपूर्णिमा अर्थात साउन शुक्ल पूर्णिमाको दिन भव्य एक दिने मेला लाग्ने गर्दछ जसलाई बोलीचालीको भाषामा स्थानीयलेनारनथानको जात्रापनि भन्दछन्  यस जात्राको प्रमुख विशेषता भनेको झाँक्री नाच हो जहाँ तामाङ समुदायका जान्ने अर्थात धामीले झाँक्री नाच गर्ने गर्दछन्

परापूर्वकालमा एकजना भरियाले आफ्नो गाउँमा मन्दिर स्थापना गर्न भनी सहरदेखि नारायणको मूर्ति बोकेर गाउँ लाने क्रममा त्यसस्थानमा पुग्दा भरियालाई शौचलाग्दा मूर्तिलाई बिसाई शौच गर्न झाडीतिर गएका थिए फर्केर आउँदा उक्त नारायणको मूर्तिलाई बोक्न खोज्दा बोक्नै नसक्दा रीसले चुर भई नारायणको मूतिलाई खुँडाले हानेर नाकै तासिदिई छाडेर गए कालान्तरमा त्यसै स्थानमा नारायणको मन्दिर स्थापना गरिएको भन्ने किंवदन्ती स्थानीयले बताउने गरेका छन् नारायणको मूर्तिको नाक नभएको हुँदा स्थानीयले बिना नाकको मूर्ति पूजा गर्नुको सट्टा नौनी या घ्यूको नाक बनाई पूजा गर्न प्रचलन आजसम्म पनि कायमै

तेमाल भेगमा बौद्ध धमाबलम्बीहरूको बाहुल्यता रहेको तामाङ राजाले समेत यस स्थानमा तपस्या गरेको भन्ने किम्बदन्ती सुन्नमा  पाइन्छ तामाङ समुदायको बाक्लो बस्तीभएको हुँदा यहाँ गुम्बाहरू पनि उत्तिकै मात्रामा स्थापना भएका छन्  जनै पूर्णिमाको दिन लाग्ने मेलामा तामाङ समुदायको बाहुल्यता रहन्छ तर, पछिल्लो समय भने हिन्दू धर्माबलम्बीहरूको पनि उत्तिकै पस्थिति रहने गरेको  लामाहरूले झाँक्री नाच प्रस्तुत गर्ने हुँदा प्रमुख आकर्षक दृश्य झाँक्री नाचले नै मोहित हुने श्थानीयबासीहरु बताउछन् ।

नारायणको मन्दिर दर्शन पश्चात यस्ता नाच सुरु हुने गर्दछ तामाङ समुदायको प्रमुख धामी तथा सिकारु धामीले तामाङ भाषामा विभिन्न मन्त्र उच्चारण गरीसेउबन्बो सेउभन्दै झाँक्रीले नाच प्रस्तुत गर्ने गर्दछन् समूह समूह बनाई झाँक्रीले नाच प्रस्तुत गर्ने गर्दछन्, समूहको मूल प्रमुख धामी रहन्छ उसको निर्देशन बमोजिमअन्यले ताल मिलाउने गर्दछन् प्रमुख झाँक्रीले सिक्ने चेलाहरूलाई यस दिन विशेष रूपमा झाँक्री मन्त्र विद्या सिकाइरहेका हुन्छन् सेता धोती लगाएका, शिरमामयुरका प्वाँखले भरिएका, शरीरभरी घण्ट झुन्ड्याई खाली खुट्टाले ढ्ंयाग्रो ठोक्दै खाली खुट्टैले नाच्ने गर्दछन् नचाइमा पनि धार्मिक विश्वास रही आएको झाँक्रीनाचेको स्थानमा बिरामीलाई राखिदियो भने झाक्रीले फुकिदिनुपर्ने हुन्छ सो दिन झाँक्रीले फुकिदिए पुराना रोगहरू हटी जाने विश्वाससमेत स्थानीयमा रहेको त्यति मात्र होइन साँझ झाँक्री गन्तव्यतर्फ फर्कंदै गर्दा दोबाटोदोबाटोमा नाच्ने प्रचलनसमेत रहेको दोबाटोमा बसी झाँक्रीलाई नाच्न अनुरोध गरे नाई भन्दैनन् उल्टै बिरामीलाई झारफुक समेत गर्ने गर्दछन्

गोसाइँकुण्डमा गएका भक्तजनले त्यहाँबाट जल ल्याई सो दिन भगवान् नारायणलाई चढाउने प्रचलनसमेत रहेको जसबाट भक्तजनको मनोकामना पूरा हुनेसमेत जनविश्वास रहेको यस दिन मेला भर्ने नारायणको दर्शन गर्न आउने दर्शनार्थीको भिड लाग्ने गर्दछ भिड व्यवस्थापन गर्न मेला व्यवस्थापन समितिलाई हम्मेहम्मेनै पर्दछ  मेलामा यो वर्ष भने निकै आगन्तुकको भिड लाग्ने सम्भावना रहेको विशेषत जिल्लाकै मानिसहरू मेला भर्नबढी मात्रामा आउने गर्दछन् नजिकैका मेच्छेपौवा, कानपुर भेगमा मानिसहरू मेला भर्न लस्कर लागेर आउने गर्दछन् यसका अलवा छिमेकी जिल्ला रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर त्यस्तै काठमाडौंदेखि मेला अवलोकन गर्न जाने गर्दछन् ।मेलालाई विशेष बनाउन अतिरिक्त क्रियाकलापहरू जस्तै मनोरञ्जनका कार्यक्रम, सस्तो मेला, गाउँले परिकारका स्वाद लगायतको अवलोकन तथा प्रयोग मेलामागर्न सकिन्छ सस्तोमा सामान पाइने हुँदा स्थानीय महिलाहरूको बाक्लो उपस्थित रहने गर्दछ यसदिन घरको काम छोडी सबेरै मेला हेर्न जान प्रचलन अहिले पनिकायमै झाँक्रीका सेताम्मे भेषले मेलालाई रोमाञ्चित बनाएको हुन्छ अझ पहिले पहिले मेलाबाटै मन पराएको युवतीलाई भगाएर विवाह गर्ने प्रचलन समेत थियो विवाह गर्नैको लागि अझ भनौँ भाग्नको लागि पनि मेला भर्न युवायुवतीको भिड लाग्ने गर्दथ्यो रातको समयमा जबर्जस्ती युवाले युवतीलाई भगाएर श्रीमतीबनाउने पछि लगन गर्ने प्रचलन तामाङ समुदायमा कायमै तर त्यो प्रचलन पूर्ण रूपमा कायम नभएता पनि प्रयास भने अहिले पनि युवाहरूले गर्दै आउने गरेकाछन्

यो भेगमा मेलाका पर्यटकीय गन्तव्यको निमित्त पनि अति उत्तम रहेको मन्दिर परिसर सफा, हरियालीले भरिएको, शान्त वातावरणमा भएकाले वरिपरिको प्राकृतिक सौन्दर्यले मन्दिरको आध्यात्मिक वातावरणलाई थप प्रभावशाली बनाउँछ।  समुद्री सतहबाट करिव हजार मिटरको उचाइमा रहेको यस मन्दिरब एकआकर्षक पर्यटकीय गन्तव्य स्थलका बनेको यॅहाबाट उत्तरतिर अन्नपूर्ण सगरमाथा हिमश्रृंखला प्रस्ट रुपमा देख्न सकिन्छ भने दक्षिणतिर महाभारत चुरेपर्वतश्रृखंला देख्न सकिन्छ

यति मात्र नभई सिंगो काभ्रे जिल्ला नै पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको जिल्लाका रूपमा चिन्न सकिन्छ जसमा यसै मेलाले पनि पर्यटकीयसम्भावनालाई उजारण गर्न मद्दत पुगेको

तेमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङले मन्दिर परिसरमा जनै पूर्णिमाको पावन अवसरमा परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन धार्मिक जाया हुने गरेको र नारायणस्थान मन्दिरमा लाग्ने धार्मिक जाषा (मेला) तेमालको साँस्कृतिक पर्व को रुपमा विकसित भएको बताएका छन् । उनले यस पर्वमा तेमाल लगायत आसपासका गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजनहरु उपस्थित भई अनुष्ठान गर्ने भन्दै (मेला) लाई सभ्य र भव्य रुपमा मनाउन आग्रह गर्दै मेलालाई व्यवस्थित बनाउन र भत्तजनको यात्रा सरर र सहज बनाउन मन्दिर आसपास सडकखण्ड मर्मत गरिरहेको बताएका छन् ।

पालिकाले स्थानीय पर्व विदा अन्तर्गत तेमाल गाउँपालिकाभित्रको कार्यालयहरु, शैक्षिक संस्थाहरु, बडा कार्यालयहरु, सरकारी तथा गैर सरकारी (बैंक तथा वित्तीय) संस्थाहरुमा समेत श्रावन २३ र २४ गते सार्वजनिक बिदा दिएको छ ।